मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहानको यौन सम्पर्कले हुन्छ यति धेरै फाइदा

काठमाडौँ – यौन सम्पर्कको कुनै निश्चित समय छैन । उपयुक्त समय र परिस्थितिअनुसार गर्न सकिने भए पनि अधिकांशले यसलाई रातिको काम मान्छन् । 

तर, रातिमा भन्दा बिहानको समयमा यौन सम्पर्क गर्दा बढी राम्रो हुन्छ ।  यसले दिनभरि ‘मुड फ्रेस’ पनि हुन्छ गराउने मात्र हैन अरू धेरै लाभ प्रदान गर्छ । 

अनुसन्धानबाट तपाईँलाई स्वस्थ राख्न बिहानको समय नै यौन सम्पर्कका लागि उपयुक्त रहेको पत्ता लागेको छ । 

स्टमडीको अध्ययनअनुसार यो समयमा शरीरमा सेक्स हर्मोनको मात्रा बढी उत्पन्न हुने भएकोले बिहान सेक्स गर्दा अति उत्तम हुन्छ । 

पुरुष रातभर आरामपछि बिहान बढि उत्तेजित हुने गर्छन् । बिहानको समय उनको टेस्टोस्टेरोनको मात्रा उच्च हुन्छ । यस्तोमा मर्निंग सेक्स उनका लागि बढि आनन्ददायी हुने गर्छ । 

यति मात्रै होइन बिहानको सेक्सले दुवै जनालाई दिनभरि थकान महसुस नहुने, दिमाग पनि तीक्ष्ण हुने र दिनभरि ताजा महसुस हुने गर्दछ ।

सेक्स सल्लाहकार डा. डेबीका अनुसार बिहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । 

यसैगरी, अमेरिकी अर्का सेक्स सल्लाहकार जेन ग्रिनरका अनुसार बिहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययन बाट पत्ता लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?