मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखराबाट काठमाडौँ उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट

काठमाडौँ – पोखरा विमानस्थलबाट बुधबार बिहान काठमाडौँका लागि उडेको बुद्ध एयरको एउटा जहाज भैरहवा डाइभर्ट गरिएको छ । 

काठमाडौँस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण अवतरण हुन नसकेको जहाज करिब २० मिनेट आकाशमा घुमेर भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले भिजिविलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको बताइन् ।

उनका अनुसार भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ । पछिल्लो समय भएका दुई ठूला दुर्घटनापछि हवाई सुरक्षा सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?