मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतको नयाँ दिल्लीमा बम आक्रमणको चेतावनी : बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ – बम आक्रमणको चेतावनीपछि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । 

दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

मल सञ्चालकले प्रहरीलाई सो जानकारी गराएपछि अहिले विभिन्न मलहरूमा बम डिस्पोजल टोली र दमकल पुगेको छ । त्यस्तै धम्की पत्र, प्रहरीमा आएको जानकारीलगायतलाई आधार बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ । 

यसअघि गुरुग्रामको एम्बियन्स मलमा गएको अगस्ट १७ तारिखमा पनि बम आक्रमणको धम्की आएको थियो ।

तर खोजीका क्रममा कुनै सन्दिग्ध वस्तु फेला परेको थिएन । अहिले पनि  बम भने फेला नपरेको दिल्ली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?