मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहेपछि किन मोटाउँछन् महिला ?

विवाहपछि अक्सर महिलाहरू मोटाउँछन् । केही न केही शारीरिक परिवर्तन हुन्छ । तर किन त ? यसका केही कारणहरू छन् ।

यसमा मुख्य भूमिका त उनीहरूको फेरिएको भूमिकाले खेलेको हुन्छ । हाम्रो जस्तो सामाजिक परिवेशमा विवाहपछि अधिकांश महिला पतिको घर–परिवारमा एडजस्ट हुनुपर्ने हुन्छ ।

अर्थात् उनीहरूको दायित्व फेरिन्छ । विवाहअघि आफ्नो मात्र ख्याल गरिरहेका महिलाहरूले आफ्ना श्रीमान्, सासू ससुरा लगायत परिवारका अन्य सदस्यको पनि ख्याल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरूले आफूलाई फिट एन्ड फाइन राखिराख्न अलि गाह्रै हुन्छ । यही कारण उनीहरूको शरीर भद्दा हुँदै जान्छ ।

त्यस्तै विवाहपछि परिवारको सदस्यको अवस्था र रुचि अनुसार खाना तयार गर्नुपर्ने हुन्छ । साथै त्यस्तै खानपानमा आफूलाई अभ्यस्त बनाउनुपर्ने हुन्छ । खानाको स्वाद मात्र होइन, तालिका पनि परिवर्तन हुन्छ । यसले उनीहरूको शारीरिक बनोटमा प्रभाव पारिरहेको हुन्छ । 

कतिपयले त बिहेपछि घरायसी काममै आफूलाई केन्द्रित बनाउँछ । अर्थात् उनीहरू धेरैजसो समय घरमै बिताउन थाल्छन् । घरमा बसेको बेला एक्लै हुने र केही न केही खान तलतल लागिरहने हुन्छ । त्यसैले उनीहरूको मुख खाली हुँदैन, केही न केही चपाई रहकै हुन्छन् ।

अन्य दिनको तुलनामा धेरै स्न्याक्स वा चिया सेवन गरिरहेका हुन्छन् । एक्लै भएको बेला सुत्ने पनि गर्छन् । वा टेलिभिजन हेर्छन् । टेलिभिजन हेरेको बेला केही न केही खाइरहेकै हुन्छन् । त्यस अनुपातमा शारीरिक गतिविधि कम हुन्छ । यसले पनि उनीहरूको मोटोपन बढ्छ ।

यसमा अर्को पक्ष भनेको मनोवैज्ञानिक प्रभाव पनि हो ।  विवाहअघिको समयमा युवतीहरू शारीरिक सौन्दर्यमा बढी ख्याल गर्छन् । यतिबेला विपरित लिङ्गप्रतिको आकर्षणले पनि उनीहरूलाई आफू राम्रो बन्नुपर्ने अवस्थामा पुर्‍याउँछ ।

विवाहपछि यो मनोविज्ञान फेरिन्छ । श्रीमान्को सामीप्यता पाइसकेपछि आफूलाई राम्री देखाइरहनुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुन्छन् । 

त्यस्तै विवाहित जीवनमा प्रवेश गरेपछि महिलाहरूमा भावनात्मक तथा हार्मोनल परिवर्तन पनि आउँछन् । सेक्सका दौरान शारीरिक परिवर्तन पनि शरीरमा हुन थाल्छ । सम्बन्धलाई कसिलो बनाउन सेक्सुअल लाइफमा सक्रिय हुनाले पनि वजन बढ्न सक्छ । सेक्सपछि भोक जाग्छ र खान धेरै रुच्छ । त्यसैले वजन त बढ्ने नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?