मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाका लागि फाइदाजनक छ हस्तमैथुन

हाम्रो समाजमा हस्तमैथुनलाई खुला रूपमा स्वीकार गरिँदैन । यसले शरीरमा खराब असर पार्ने, शरीरलाई कमजोर बनाउने पनि धेरैको धारणा छ भने नैतिक रूपले समेत मानिसहरू यसलाई गलत मान्दछन् ।

तर हप्तामा २–३ पटक गरिएको हस्तमैथुनले शरीरलाई झन् स्वस्थ र स्फूर्त राख्ने चिकित्सकहरूको भनाइ छ । 

पुरुषको तुलनामा महीलाले कम हस्तमैथुन गर्ने गरेता पनि अध्ययनहरूका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एक पटक हस्तमैथुन गर्छन् ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीन पटक हस्तमैथुन गर्छन् ।

महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । हस्तमैथुनले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ । त्यस्तै हस्तमैथुनका कैयौँ फाइदा मध्ये पहिलो कुरा यसले खुसी दिन्छ । खुसी प्राप्त गर्ने हस्तमैथुन एक सहज माध्यम भएकाले पनि महिलाले यो उपाय अपनाउने गर्छन् । 

हस्तमैथुन मार्फत चरमोत्कर्ष प्राप्त गरेपछि महिलाले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छन् जसले मानिसको मुड फ्रेस गर्न मद्दत गर्छ । हस्तमैथुनको कारण समयमा नै निद्रा लाग्छ र स्वस्थ रहन मद्दत पुग्छ ।

हस्तमैथुनबाट चरमोत्कर्षमा पुगेपछि शारीरिक र भावनात्मक रूपमा तनावरहित बनाउँछ, जसले चाँडो निद्रा पर्छ । नियमित हस्तमैथुन गर्नाले महिनावारीको समयमा हुने पीडा ह्रास हुने यौन रोग विशेषज्ञ बताउँछन् ।

यौनसम्पर्क नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरूलाई लचिलो र स्वस्थ बनाउँछ । शरीरमा रक्तसञ्चार बढाउँछ ।जसका फाइदै फाइदा छन् ।

यसरी आनन्द लिँदा कुनै सरुवा रोग लाग्ने वा बच्चा बोक्ने लगायतका मानसिक तनाव झेल्न नपर्ने हुँदा पनि यसका धेरै फाइदाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?