मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निद्राको समस्या हुनेहरूले भुलेर पनि नखानुहोस् यस्ता चिज

हामी स्वस्थ र स्फूर्त रहनको लागी आठ घण्टा सुत्नु आवश्यक छ । पर्याप्त निन्द्रा पुगेन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन् ।

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । कतिपय व्यस्त जीवनशैलीका कारण आठ घण्टा निदाउन पाइरहेका हुँदैनन् भने कतिपय भने समय भएर पनि निन्द्रा नपर्ने समस्याका कारण पर्याप्त निन्द्रा पाइरहेका हुँदैनन् ।

यसकारण तपाई पनि रातमा निन्द्रा नलाग्ने समस्याबाट गुज्रिरहनुभएको छ भने आज हामी तपाईँलाई रातमा आरामदायी निन्द्रा लाग्ने केही टिप्सहरूको विषयमा जानकारी गराउँछौ । 

मदिरा

दिनभरिको थकाई मेट्ने र राती मिठो निद्रा पर्छ भनेर मदिरा सेवन गर्नुहुन्छ भने तपाईँले आफ्नो यो बानी परिवर्तन गर्नुहोस् । किनभने तपाईँले यस्तो गरेर निद्रा मात्रै नभई स्वास्थ्यलाई  पनि बरबाद पारिरहनुभएको छ । मदिरामा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेह बढाउने काम गर्छ ।

पिज्जा – बर्गर

पिज्जा जुनसुकै बेला खानु राम्रो होइन तर यो राती खाँदा स्वास्थ्यलाई थप हानी गर्छ । मैदा र धेरै प्रकारका सस र चीजहरूबाट बनेका यी पिज्जाले मुटु पोल्ने गर्छ । तपाईँले बेलुका यो खाँदा यसले तौल र मधुमेहका साथै उच्च रक्तचाप निम्त्याउन सक्छ ।

चिप्स, दालमोठ  

यदि तपाईँलाई बेलुकाको खाना पछि चिप्स वा दालमोठसँग चिया पिउने बानी छ भने, यो बानी आजै परिवर्तन गर्नुहोस् किनभने तपाईँको निद्रा र स्वास्थ्यका लागि यो असाध्यै हानिकारक हो । यी खानेकुरा तपाईँको शरीरका लागि मन्द विष जस्तै हुन् । यस्ता खानेकुरामा धेरै नै मोनोसोडियम ग्लुटामेट हुन्छ जसले तपाईँको निद्राको ढाँचालाई ध्वस्त पार्ने गर्छ । साथै, उच्च रक्तचाप, मधुमेह र तौल बढ्नका लागि यी जिम्मेवार हुन्छन् ।

पत्तेदार तरकारी

ब्रोकाउली वा बन्दागोभी जस्ता हरियो सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो भए पनि यसले ग्यास उत्पादन गर्ने भएकाले बेलुकीको खानामा सकेसम्म यस्ता खानेकुरा नखानुहोस् । यसमा अघुलनशील फाइबरको उच्च मात्रा हुन्छन्, जसले तपाईँलाई लामो समयसम्म पेट भरिएको जस्तो महसुस गराउँछ र यी बिस्तारै पच्छन् । यस्ता तरकारी खाएर सुत्दा यो प्रक्रियालाई थप ढिलो बनाइदिन्छ, जसका कारण यसले ग्यास वा अन्य पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । रातीको खानामा प्याज, ब्रोकली, बन्दागोभी, काउली आदि सकभर नखानुहोस् । 

रातो मासु

रातो मासु प्रोटिन र आइरनले भरिपूर्ण हुन्छ, तर यो तपाईँको बेलुकीको खानाको लागि राम्रो विकल्प होइन । यो खाएपछि सुत्दा तपाईँलाई बेचैनी र निद्रामा बाधा पुग्न सक्छ ।

डार्क चकलेट

डार्क चकलेटमा प्रशस्त मात्रामा क्याफिन र उत्तेजक तत्त्व पाइन्छ, जसले मुटुलाई आराम दिनुको सट्टा मुटुको काम र मस्तिष्कलाई सक्रिय राख्छ । यसलाई दिउँसो सेवन गर्दा फाइदा हुन्छ तर राती राम्रो निद्राका लागि यो राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?