मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपन तथा पेटको समस्या हटाउनका लागी ज्वानो

अहिलेका मानिसहरूको मुख्य समस्या भनेको नै मोटोपन हो । र यही मोटोपनले नै विभिन्न रोगहरूको सिकार बनिरहेका छन् । मोटोपन कैयौँ रोगको पनि कारण हुन्छ यसकारण हामी फिट रहन आवश्यक छ । 

मोटोपन कम गर्न त्यति सजिलो छैन । आज हामी तपाईँलाई मोटोपन कम गर्ने एउटा सहज र सरल तरीका तरिका बताउनेछौँ । 

तपाईले आफ्नो भान्छामा धेरै थरिका मसला, बिउबिज, गेडागुडी त राख्नुभएको होला । तिनै मध्ये एक हो ज्वानो । ज्वानो एउटा मसला मात्र नभएर मोटोपन कम गर्ने औषधि पनि हो ।

जानौँ ज्वानोको सहायताले कसरी मोटोपनबाट मुक्ति पाउन सकिन्छ ।

ज्वानो मोटोपन कम गर्न एकदमै रामवाण साबित हुन्छ । साँझ सुत्ने बेला एक चम्चा ज्वानोलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेपछि यसलाई छानेर एक चम्चा महसँग मिलाएर पिउनुहोस् ।

यसको नियमित सेवनले छिटै मोटोपन कम हुन थाल्नेछ । तर ज्वानोले मात्र सबै कुरा हुँदैन । यसका साथसाथै नियमित कसरत तथा सन्तुलित भोजन पनि जरुरी छ । 

साथै शरीरलाई हाइड्रेट राख्न अलि धेरै पानी पिउने गर्नुहोस् । यदि पाचन सम्बन्धी समस्या छ भने पनि ज्वानोले ठिक गर्छ । यसमा एकप्रकारको एन्टी एसिड हुन्छ जसले अपचको समस्याबाट छुटकारा दिन्छ । ज्वानोलाई मोहीसँग पिउँदा अपचको समस्या समाधान हुन्छ ।

एसिडिटीको समस्या हुँदा ज्वानोलाई चपाएर खानुहोस् र त्यसपछि एक कप तातो पानी पिउनुहोस् यसले समस्या ठिक हुन्छ । पेटमा चुर्ना किरा परेको छ भने नुनसँग ज्वानो खानुहोस्, यसले तपाईँलाई फाइदा हुनेछ । पाचनसम्बन्धी कुनै पनि खालको समस्या हुँदा दहीसँग ज्वानो खाँदा आराम पुग्छ ।

ग्यासको समस्याको लागि १–२ ग्राम ज्वानोमा गुड मिसाएर यसको गोली बनाएर खानुहोस् यसले तुरुन्तै राहत दिन्छ । पेटमा ग्यास हुँदा बेसार, ज्वानो र एक चुट्की वीरे नुन मिसाएर खानुहोस् यसले एकदमै छिटो काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?