मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुरोटबाहेक यस्ता चिजहरूले पनि गर्छ फोक्सोलाई हानि

फोक्सो श्वासप्रश्वास प्रणालीको केन्द्र हो । स्वस्थ फोक्सोले मानिसलाई जीवनभर स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । 

जबकि खराब फोक्सोले धेरै रोग र अकाल मृत्यु समेत निम्त्याउन सक्छ । यसकारण फोक्सोलाई स्वास्थ्य राख्नु जरुरी छ । फोक्सोलाई स्वस्थ राख्न शरीरका अन्य अङ्ग जस्तै फोक्सोको पनि हेरचाह गर्नुपर्छ । 

फोक्सोको क्यान्सरको मुख्य कारण धूम्रपान हो भन्ने हाम्रो आम बुझाई छ । तर, धूम्रपानबाहेक अन्य कारणले पनि फोक्सोको क्यान्सर हुन सक्छ । धूम्रपान गर्नु घातक हो तर, यसले वरिपरि बस्ने मानिसको फोक्सोलाई पनि हानी हुन्छ । चुरोटको धुवाँले हावामा धेरै विषाक्त रसायनहरू छोड्छ, जुन हावा लिँदा फोक्सोमा पुग्छ ।

यस्ता छन् फोक्सोको क्यान्सरको जोखिमलाई बढाउने कारणहरू

वायु प्रदूषण 

सवारी साधन, उद्योग र बिजुली प्लान्टबाट निस्कने प्रदूषणमा फोक्सोलाई हानि पुर्‍याउने धेरै हानिकारक कणहरू हुन्छन् । जुन क्यान्सरको कारण बन्न सक्छ ।

एस्बेस्टोस

यो एक खनिज हो, जुन निर्माण कार्यमा प्रयोग गरिन्छ । एस्बेस्टोस फाइबर सासमार्फत फोक्सोमा जम्मा हुन्छ र क्यान्सर हुन सक्छ ।

रसायनहरू

केही रसायनहरू जस्तै एजेन्ट ओरेन्ज, एरोसोल स्प्रे र केही औद्योगिक रसायनहरूले फोक्सोको क्यान्सरको जोखिम बढाउन सक्छ ।

आनुवंशिक कारकहरू

केही व्यक्तिहरूमा फोक्सोको क्यान्सरको परिवारमा पहिले फोक्सोको क्यान्सर थियो भने पछि उसको परिवारका सदस्यमा क्यान्सर हुने उच्च जोखिम हुन्छ ।

फोक्सो कसरी स्वस्थ राख्ने ?

धूम्रपान छोड्नु फोक्सोको स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । सकेसम्म सफा हावामा बस्ने प्रयास गर्नुहोस् । प्रदूषित क्षेत्रमा मास्क लगाएर मात्र जानुहोस् । साथै, नियमित रूपमा आफ्नो घर सफा गर्नुहोस् र धुलो हटाउनुहोस् । नियमित व्यायामले पनि फोक्सोको स्वास्थ्यमा सुधार गर्छ । वर्षमा एक पटक आफ्नो स्वास्थ्यको जाँच गराउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?