काठमाडौँ– तेस्रो लिङ्गी रुबिना भुजेल दमक झापाकी हुन् । वि.सं. २०५१ सालमा जन्मिएकी रुबिनाले त्रिचन्द्र कलेजमा स्नातक तहमा अध्ययन गर्दैछिन् ।
लैंगिक तथा अल्पसङ्ख्यक समुदायका मुद्दामा बहस गर्न रुचाउने रुबिनाले आफू १८ वर्ष पुगेपछि मात्र आफू ‘ट्रान्सफर्म’ भएको बताउँछिन् ।
उनी फर्म एक्टिभ नेपालको एलजीबीटी ट्रान्स वुमन ट्रेकिङ गाइड समेत हुन् । गाईजात्राको अवसर पारेर उनले सुँगाको बिम्बमा तस्वीरहरू खिचाएकी छिन् ।