काठमाडौँ – कुनै पनि सवारी साधन भन्नासाथ धेरैको दिमागमा आउने विषय हो माईलेज ।
प्रायजसो नयाँ कार, मोटरसाइकल तथा स्कुटर किन्ने मानिसले सोध्छन् ‘यसले कति माईलेज दिन्छ ’ ?
कुनै पनि कम्पनीले सवारीसाधनको माइलेज तोक्दा निश्चित मापदण्डमा आधारित रहेर तोकेका हुन्छन् । तर, त्यही साधनलाई उपभोक्ताले प्रयोग गर्दा कम्पनीले दाबी गरे अनुसारको माइलेज भने आउँदैन । त्यसले कति ग्राहकले कम्पनीले ठगेको महशुस गरिरहेका हुन्छन् ।
किनभने मोटरसाइकल र कारको माइलेजलाई इन्धनको गुणस्तर, हावामा भएको प्रदूषणको मात्रा, सवारी हाँक्ने शैली जस्ता विभिन्न कुराले प्रभाव पार्छ । तेल खपत कम गर्न सवारी चालकले यी कुरामा सजगता अपनाउनु पर्छ ।
त्यसो भए माईलेज कसरी बढाउने त ?
– सवारी साधन समयमै सर्भिसिङ गर्नुहोस् । यसरी सर्भिसिङले इन्जिनको कार्यक्षमता बढाउँछ र माइलेज स्वतः बढ्छ ।
– सवारी साधनको स्पिड बढाउन या घटाउन हडवडी नदेखाउनु होस् । आरामले एक्सिलरेटर दबाउने कोशिस गर्नुहोस्, यसो गर्दा इन्धनको खपत कम हुन्छ ।
– कार्बोरेटर इन्जिन भएको सवारी साधनमा कार्बोरेटरलाई मिलाउनुहोेस् । सवारी कार्बोरेटर ट्युनिङ नमिलेको खण्डमा अनावश्यक इन्धन खर्च हुन्छ ।
– सवारी साधनलाई लामो समयसम्म रोक्न परेमा सवारी साधनको इन्जिन बन्द गर्नुहोस् । जस्तैः लामो जाममा इन्जिन बन्द गर्नुहोस् ।
– टायरमा हावाको चाप कम भएमा पनि इन्धन खपत बढी हुन्छ । त्यसैले, सवारी साधनको कम्पनीले सिफारिस गरेको टायर प्रेसर मेन्टन गर्नुहोस् ।
– सवारी साधनमा अनावश्यक एक्सिलरेटर तान्ने र छोड्ने नगर्नुहोस् । यसरी एक्सिलरेटर तान्ने र छोड्ने गरेमा इन्धन बढी खपत हुन्छ ।
– सामान्यतया ठूलोे गियरमा ४५ देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडलाई इकोनोमी मोड मानिन्छ । कम्पनीअनुसार सवारी साधनमा इकोनोमी मोडको संकेत फरक–फरक हुन्छ । सवारी साधन सम्भव भएसम्म इकोेनोमी मोडमा चलाउने गर्नुहोस् ।
– सवारी साधनको पार्ट्स जस्तै फिल्टर, फ्युल फिल्टर, स्पार्क प्लग र इन्जेक्टरलाई सफा राख्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया