मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेटाले ल्याउँदै छ सेलिब्रेटीको आवाजमा कुराकानी गर्न सकिने एआई

काठमाडौँ – फेसबुक जस्ता सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले एआईमा नयाँ प्रविधिको विकास गर्दै छ ।

उसले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको हो।

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यु योर्क टाइम्सले जनाएको छ।

मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरु प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?