मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कटहरको बीजमा हुन्छ यति धेरै पोषण तत्त्व

आजभोलि वर्षाको समयमा अलि पाकेको कटहर पाइन्छ । यस्तो अवस्थामा केही मानिसहरूले पाकेको कटहरको बीज निकालेर फालिदिन्छन् ।

तर, थाहा पाउँदा अचम्म लाग्न सक्छ कि जुन कटहरको बीजलाई तपाईँ फालिदिनुहुन्छ, त्यो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ ।

कटहरको बीज बदाम जत्तिकै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ । कटहर पाकेपछि यो धेरै मिठो र रसिलो हुन्छ । यसको बीज मोटो र सजिलै निकाल्न मिल्ने हुन्छ । तपाईँ यी बीजहरूलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ ।

आउनुहोस् आज हामी कटहरको बीजमा के–के गुणहरू हुन्छन् र यसलाई खानुका के फाइदाहरू के के छन् ?भन्ने सन्दर्भमा तपाईँलाई जानकारी गराउँछौ । 

कटहरको बीज को प्रयोग धेरै तरिकामा गर्न सकिन्छ । तपाईँ यी बीजहरूलाई उमालेर छिल्का हटाएर खान सक्नुहुन्छ । केही मानिसहरू कटहरको बीजको तरकारी बनाएर खान्छन् । तपाईँ कटहरको उमालेको बीजलाई घिउमा नुनसँग फ्राई गरेर पनि खान सक्नुहुन्छ । यी बीजहरू खानमा धेरै नै स्वादिष्ट हुन्छन् ।

कटहरको बीजका फाइदाहरू

हेमोग्लोबिन बढाउँछ

कटहरको बीजमा प्रशस्त आइरन हुन्छ । बीजहरूको सेवनले शरीरमा हेमोग्लोबिन बढ्छ । शरीरमा जब रातो रक्त कोशिकाहरू बढ्छन्, तब रगतको मात्रा पनि बढ्न थाल्छ ।

शरीरलाई ऊर्जा दिन्छ

कटहरको बीज खाँदा शरीरलाई ऊर्जा मिल्छ । यसले शरीरमा भिटामिन–बीको कमी पूरा गर्न सक्छ । कोशिकाहरूलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यलाई सुधार गर्न कटहरको बियाले मद्दत गर्छ ।

पाचनका लागि राम्रो

कटहरको बीजमा प्रशस्त फाइबर पाइन्छ । जसले पेट र पाचनसम्बन्धी समस्याहरू हटाउँछ । आन्द्रालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै छाला र कपालका लागि पनि कटहरको बीज फाइदाजनक हुन्छ ।

मोटोपन घटाउँछ

कटहरको बीजमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई खानाले तपाईँलाई धेरै समयसम्म भोक लाग्दैन । कटहरको बीजलाई आहारमा समावेश गर्नु स्वस्थ विकल्प हो । यसले तपाईँको पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ ।

इम्युनिटी बढाउँछ

कटहरको बीज खानाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई नयाँ भाइरससँग लड्न सक्षम बनाउँछ । कटहरको बीजमा पाइने पोषक तत्त्वहरू स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?