मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलिम– जावेदको डकुमेन्ट्री ‘एंग्री यङ्ग म्यान’आउँदै

काठमाडौँ – बलिउडका चर्चित पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमा आधारित डकुमेन्ट्री सिरिज ‘एंग्री यङ्ग म्यान’ अगस्ट २० मा रिलिज हुँदै छ ।

३ एपिसोडको यो सिरिज अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । ‘एन्ग्री यङ्ग म्यान’ सिरिजलाई नम्रता रावले निर्देशन गरेकी हुन्, जसले यसबाट निर्देशकको रुपमा डेब्यु गर्दै छिन् । एकै समयमा, यसको कार्यकारी निर्माताहरूमा जोया अख्तर, सलमान खान, फरहान अख्तर रहेका छन् ।

बलिवुडमा सलिम जावेदको जोडी निकै चर्चित जोडी हो । ७० र ८० को दशकमा कैयौँ सुपरहिट फिल्म दिएको यो जोडी लामो समय पछि आफ्नै डकुमेन्ट्रीका लागि साथ आएको हो । यसको पहल जावेद अख्तरकी छोरी जोया अख्तरले गरेकी हुन् ।   

लामो समयपछि सलिम खान र जावेद अख्तरलाई सँगै ल्याउने पहल आफूले नै गरेको जोयाले बताएकी छन् । यस पहलले सलिम जावेदको जोडीले कसरी काम गर्थ्यो, उनीहरूको मित्रता कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी हुने उनले बताएकी छन् ।

सलिम र जावेदले १९७१ देखि १९८७ सम्म एक साथ २४ फिल्ममा काम गरेका थिए, जसमा २० फिल्म व्यवसायीकरुपमा सफल रहेका थिए । उनीहरूले यादो की बारात, जंजिर, दीवर, शोले, काला पथ्थर, दोस्ताना, मजबूर, शीता और गीता, मिस्टर इन्डिया जस्ता फिल्म लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?