मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय

काठमाडौँ– सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरि आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ । 

ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ ।

ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त अगाडी सारिएको छ ।

ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?