मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा उच्च ‘आईक्यू’ भएको देश जापान, सबैभन्दा कम नेपालको हुँदा अरु देशको अवस्था कस्तो?

समाज, शैक्षिक स्तर, आर्थिक अवस्थाजस्ता कारकले मान्छेको बुद्धिमत्ता निर्धारण गर्छ । धनी र शिक्षाको अवस्था उत्कृष्ट भएका देशका मान्छे धेरै बुद्धिमान र गरीब एवम् शिक्षाको गुणस्तर कमजोर भएका देशका नागरिकको बुद्धिमत्ता कम हुन्छ ।

मानवीय बुद्धिमत्ताको निर्धारण गर्नका लागि इन्टिलिजेन्स क्वोसन्ट (आईक्यू) परीक्षण विधिको प्रयोग गरिन्छ । समान्यतः धेरै आईक्यू हुने मान्छे धेरै बुद्धिमान र कम आईक्यू हुने मान्छे कम बुद्धिमान हुने विश्वास गरिन्छ । यद्यपि केही आलोचकहरु भने आईक्यूकै आधारमा कसैको बुद्धिमत्ता निर्धारण नहुने बताउँछन् ।

हामीले बारम्बार सुन्ने गर्छौँ, नेपालीको औसत ‘आईक्यू’ संसारमै सबैभन्दा कम छ । हुन पनि सन् २०१९ मा अल्स्टर इन्स्टिच्युट फर सोसल रिसर्चका लागि रिचर्ड लिन र डेभिड बेकरले ‘द इन्टिलिजेन्स अफ नेसन्स’ नामक शोध प्रतिवेदन सार्वजनिक गरेका थिए ।

उक्त प्रतिवेदनमा नेपाल शीर्षकको अन्त्यतिर राष्ट्रिय औसत आईक्यू ४२.९९ रहेको उल्लेख गरिएको छ । यो सबैभन्दा कम हो । सामान्यतः औसत बुद्धिमत्ता भएको मान्छेको आईक्यू १०० हुने बताइन्छ । आखिर संसारमा सबैभन्दा धेरै आईक्यू भएका १० मुलुकहरु कुन कुन हुन् त ? आज हामी सोही विषयमा चर्चा गर्न गइरहेका छौँ ।

यो सूची अनुसार संसारमा सबैभन्दा धेरै आईक्यू हुने शीर्ष मुलुकहरु एसियामा रहेका छन् । साँच्चै भन्दा संसारमा सबैभन्दा धेरै आईक्यू हुने मुलुकको शीर्ष ६ मुलुक एसियामै रहेका छन् । त्यसपछि बाँकी ४ मुलुकहरु युरोपेली महादेशमा अवस्थित छन् ।

संसारमा सबैभन्दा धेरै आईक्यू हुने १० मुलुकको सूची:

जापान

लिन र बेकरको उक्त शोध प्रतिवेदनमा संसारमा सबैभन्दा धेरै औसत आईक्यू भएको मुलुकको शीर्ष स्थानमा रहेको छ । यस मुलुकको औसत आईक्यू १०६.४८ रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

ताइवान

संसारमा सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको दोस्रो स्थानमा ताइवानको नाम आउँछ । ताइवानको औसत आईक्यू १०६.४८ रहेको छ ।

सिंगापुर

संसारमा सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको तेस्रो स्थानमा सिंगापुर रहेको लिन र बेकरको शोध प्रतिवेदनको निष्कर्ष छ । दक्षिणपूर्वी एशियामा अवस्थित यो मुलुकको औसत आईक्यू १०५.८९ छ ।

हङकङ

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको चौथो स्थानमा रहेको छ । लिन र बेकरको शोध प्रतिवेदनअनुसार यहाँका मानिसहरुको औसत आईक्यू १०५.३७ रहेको छ ।

चीन

हङकङपछि चीन संसारमा सबैभन्दा धेरै औसत आईक्यू भएको मुलुक हो । यो मुलुकको औसत आईक्यू १०४.१ रहेको छ ।

दक्षिण कोरिया

संसारमा सबैभन्दा धेरै औसत आईक्यू रहेको मुलुकको छैठौँ स्थानमा पनि एशियाली मुलुक नै परेको छ । सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको छैठौँ स्थानमा रहेको दक्षिण कोरियाको औसत आईक्यू १०२.३५ रहेको छ ।

बेलारुस

संसारमा सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको सातौँ स्थानमा भने पूर्वी युरोपमा अवस्थित बेलारुस रहेको छ । बेलारुसको औसत आईक्यू १०१.६ रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

फिनल्याण्ड

संसारमा सबैभन्दा धेरै औसत आईक्यू हुने मुलुकको आठौँ स्थानमा उत्तर युरोपेली मुलुक फिनल्याण्ड रहेको छ । फिनल्याण्डको औसत आईक्यू १०१.२ रहेको छ ।

लिक्स्टेन्टाइन

लिन र बेकरको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा धेरै आईक्यू हुने मुलुकको नवौँ स्थानमा लिक्स्टेन्टाइनको नाम रहेको छ । मध्य युरोपमा पर्ने यो मुलुकको औसत आईक्यू १०१.०७ रहेको छ ।

जर्मनी

संसारमा सबैभन्दा धेरै औसत आईक्यू हुने १० मुलुकको सूचीमा युरोपेली मुलुक जर्मनीको नाम पुछारमा रहेको छ । जर्मनीको औसत आईक्यू १००.७४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?