मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् सवारी साधन जोगाउने उपायहरू

काठमाडौँ –  घामबाट सवारी साधन सुरक्षित राख्ने सबैको चासोको विषय हो । किनभने साधन घाममा पर्‍यो भने बस्ने सिट तातो हुन्छ त्यस्तै साधन घाममा पार्किङ गर्दा नयाँ सवारी साधनको रङ्ग पनि चाँडै उड्छ ।

यसबाहेक सवारी साधनका धेरै विषय हुन्छन् जसलाई ध्यान पुर्‍याउन नसक्दा चाडै बिग्रिने समेत समस्या हुन्छ । त्यसो भए कसरी जोगाउने त साधन ?

– सकेसम्म सवारी साधन तीन–तीन महिनामा नियमित सर्भिसिङ गर्ने । गर्मी महिनामा विशेष गरी ब्याट्री र टायरको नियमित जाँच गर्ने ।

– घाममा धेरै समयसम्म पार्किङ गरेमा कारभित्र अधिक तापक्रम हुन्छ । सूर्यको किरण सिधै झ्यालबाट कार भित्र छिर्दा कारको ड्यासबोर्ड र सीट तातो हुन्छ । गाडी भित्रको तातोलाई कम गर्न झ्याल खुल्ला गर्ने, हावा पास हुन दिने । यसो गरेमा कार भित्रको तापक्रम कम गर्न सकिन्छ ।

– सकेसम्म घाममा सवारी साधन पार्किङ नगरी शीतल भएको ठाउँमा पार्किङ गर्नुपर्छ ।

– कुनै उपाय नभएको अवस्थामा यदि सवारी साधन घाममै पार्किङ गर्नु पर्‍यो भने सवारी साधनलाई कभर वा कपडाले अनिवार्य ढाक्नु राम्रो हुन्छ ।

– गर्मीको समयमा उच्च अल्ट्राभाइलेट किरणले सवारी साधन खराब हुन्छन् । यसबाट सवारी साधनलाई जोगाउन वर्षेनी दुई पटक सवारी साधनमा वाक्स लगाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?