मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाह अघि नै बच्चा जन्माउने परम्परा !

विवाहपूर्व सन्तान जन्माउने परम्परा भारतको राजस्थानको सिरोहि र पालीमा रहेको छ । यहाँ विहे अघि सन्तान जन्माउनु वैध छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ ।

राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।

गरासिया जनजातिमा २ दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटा केटीले एक अर्कालाई मन पराउने र बिना विवाह एक साथ रहन थाल्दछन् । यसका साथै बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।

गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे ।

तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीय ’दापा प्रथा’ भन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?