मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुया तामाङलाई ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

काठमाडौँ – ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । 

शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । नेपालीभाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले उपाधि जितेकी हुन् ।

दर्शकले दिएको भोटका आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धी अनुयालाई विजेता चुनिएको हो । भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका छन् ।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकका तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?