उदयीमान नायिका गरिमा शर्माकाे सुन्दरता

जोयनेपाल
273
Shares

काठमाडौँ – म्युजिक भिडियो अभिनयमा चर्चापछि फिल्ममा भित्रिएकी पात्र हुन गरिमा शर्मा ।

‘पिरतीको गीत’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनय थालेकी उनले यो भिडियो आफ्नो बुबाको कारण हात पारेकी थिइन् । 

तर यो गीतपछि उनले अभिनय गरेका लगातार ७ म्युजिक चर्चामा रहेनन् । त्यसपछि टिकटकमा विभिन्न कन्टेट अपलोड गरिन् । जसले उनलाई ‘नबोली नबोली’ गीतको म्युजिक भिडियो दिलायो ।

यो गीतको चर्चापछि उनले भिडियो अभिनयमा पछि फर्किएर हेर्नु परेको छैन । चितवन स्थायी ठेगाना भएकी उनले काठमाडौँबाट अभिनय करियर अगाडि बढाइरहेकी छन् ।