कुनै समय फेसनका रूपमा प्रयोग गर्ने सनग्लास अहिले बाहिर हिँडडुल गर्ने सबैको रोजाइ बनेको छ। धूलोधुवाँबाट बच्न पनि सनग्लास अनिवार्य भइसकेको छ।
घामको प्रत्यक्ष किरणबाट जोगिन पनि सनग्लास उपयोगी मानिन्छ। जसले तपाईँको लुक्स स्टाइलिस समेत बनाउँछ । तर धेरैको मनमा एउटा प्रश्न भने हुन्छ स्टाइल, स्वास्थ्य र फेसन सबै दृष्टिकोणले उपयोगी सनग्लास कसरी छान्ने त ?
आउनुहोस् आज यसै बारे जानौँ
सबैभन्दा पहिले त तपाईँले किन्ने सनग्लासको आकार तपाईँको मुहार सुहाउँदो हुनुपर्छ । यदि सनग्लासको साइज मिलेन भने तपाईँको आँखामा असर पुर्याउने मात्र नभएर राम्रो पनि देखिँदैन ।
त्यसपछि रङमा पनि ध्यान दिनुपर्छ । तपाईँले ड्राइभिङ गर्ने समयमा लगाउने चस्मा अरू समयमा लगाउन उपर्युक्त नहुन सक्छ । यसैगरी सिजनअनुसार चस्माको रङले पनि प्रभाव पर्दछ । जस्तै रातो र खैरो रङको चस्मा चिसो मौसममा राम्रो हुन्छ ।
यसैगरी बर्सातको सिजनमा सुन्तला रङ्गको चस्मा राम्रो हुन्छ । गर्मी मौसममा कालो रङको चस्मा राम्रो मानिन्छ ।
अब फेसनका दृष्टिले भने सनग्लासको फ्रेमको विषय आउँछ । किनभने आफ्नो अनुहारको आकार अनुसार फ्रेम छनौट गर्न सक्नु भएन भने तपाईँको पैसा नोक्सान हुनुका साथै तपाईँको लुक्स पनि राम्रो देखिँदैन ।
कस्तो अनुहारमा कुन फ्रेम छान्ने त ?
मुटु आकार अनुहार – तपाईँको अनुहारको आकार मुटु आकारको छ भने तपाईँले मिडियम साइजको सनग्लासको फ्रेम छनौट गर्नुहोस् । यसले तपाइको लुक्सलाई राम्रो देखाउँछ ।
गोलाकार अनुहार– गोलो अनुहार साधारण आकार हो । यदि तपाईँको अनुहार गोलाकार छ भने स्क्वायर वा चौडा फ्रेमको सनग्लास छनौट गर्नुहोस् । यो फ्रेमको सनग्लासमा तपाईँको लुक्स राम्रो देखिन्छ । तपाईँले ओभरसाइज चस्मा पनि लगाउन सक्नु हुन्छ ।
चौडा अनुहार– तपाईँको अनुहार यदि चौडा छ भने सनग्लासको फ्रेम गोलाकार छनौट गर्नुहोस् । यसले तपाईँको लुक्सलाई राम्रो देखाउँछ ।
त्रिकोणाकार अनुहार– तपाईँको अनुहारको आकार त्रिकोणाकार छ भने सनग्लास छनौट गर्दा ठूलो साइजको फ्रेमको छनौट गर्नुहोस् । तपाईँको अनुहारमा ओभर साइजको सनग्लासको फ्रेम एकदमै राम्रो देखिनेछ ।
अण्डाकार अनुहार– अण्डाकार अनुहार राम्रो आकारको अनुहार मानिन्छ । तपाईँको अनुहार पनि अण्डाकार छ भने तपाईँले सनग्लासको कुनै पनि फ्रेम छनौट गर्न सक्नु हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया