मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो यौन सम्पर्क अगाडि गरिने ‘फोरप्ले’ ?

काठमाडौँ – अन्तरङ्ग सम्बन्धभन्दा पहिले गरिने वार्मअपलाई फोरप्ले भनिन्छ । फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउँछ  र सम्बन्धमा पनि प्रगाढता आउँछ। सेक्सका असली आनन्द तब मात्र आउँछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ।

सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाई पूर्ण रूपमा आनन्द उठाउनुपर्छ। यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ। यसमा एक–अर्काको संवेदनशील अङ्ग चलाउनु, चुम्बन गर्नु, अँगालो बाँध्नु आदि पर्छ ।

यौन जीवनलाई सुखद र सुमधुर बनाउन फोरप्लेको भूमिका महत्त्वपूर्ण हुन्छ । कैयौंं जोडी अश्लील चलचित्र वा साहित्यका माध्यमबाट फोरप्लेलाई गति दिन्छन् । तर यसको नियमित प्रयोगले फाइदाभन्दा बेफाइदा बढी हुने सम्भावना बढी हुन्छ ।

फोरप्लेका केही उपायहरू

– शारीरिक सम्बन्ध राख्नु पूर्व आफ्नो पार्टनरलाई अँगालोमा बाँधेर चुम्बन गर्नुपर्छ । काउकुती लगाउनुपर्छ र संवेदनशील अङ्गहरू चलाउनुपर्छ ।

– शक्तिवर्धक औषधि एवं यौन उत्तेजना बढाउने किसिमका स्प्रे आदिको प्रयोग गर्नुहुँदैन । यसले फोरप्लेमा असर पुर्‍याउने सम्भावना हुन्छ ।

– सधैँ एउटै आसनमा शारीरिक सम्बन्ध राख्नु हुँदैन । फरक–फरक आसनको प्रयोग गरेमा शारीरिक सम्बन्ध रोमाञ्चक हुदैजान्छ ।

– एउटै स्थान र एउटै ओछ्यानमा शारीरिक सम्बन्ध राख्दा बोर लाग्न पनि सक्छ, त्यसैले बेलाबेलामा शारीरिक सम्बन्ध राख्ने ठाउँ परिवर्तन गरिरहनु पर्छ ।

– फोरप्लेको समयमा श्वास प्रक्रियालाई शान्त राख्नुपर्छ, जसले सहवास लामो समयसम्म चल्न सक्छ ।

– कन्डमको प्रयोग सही समयमा गर्नुपर्छ ।

– शारीरिक सम्बन्धपछि पनि फोरप्लेका कतिपय गतिविधिलाई निरन्तरता प्रदान गर्ने गर्नुपर्छ । यसले एकापसमा सम्बन्ध प्रगाढ बनाउनुका साथै यौन सम्बन्ध पनि सुमधुर रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?