मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाथरुममा फोन चलाउनेलाई पायल्स रोगको जोखिम उच्च

पछिल्ला पुस्तामा मोबाइल फोनको लत निकै छ । मोबाइल फोन बिना अहिलेका पुस्ताहरू शौचालय बस्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन् ।

मानिसहरू हर समय मोबाइलमै झुण्डिरहेका हुन्छन् । बिहान उठे देखि बेलुका नसुतेसम्म मानिस मोबाइलमै व्यस्त हुन्छन् । अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो ।

खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन् । शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्।

हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षणमा गरेको थियो । सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने भेटिएको छ ।

आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने देखिएको छ । तर हाम्रो यस्तो बानी स्वस्थको दृष्टिकोणले हानीकारक हुने डाक्टरहरूले बताएका छन् ।

शौचालयमा फोन चलाउँदा अन्य समस्यासँगै पाइल्स हुने सम्भावना अत्यधिक रहन्छ । मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ ।

फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ । यसकारण शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको विज्ञहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?