मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ नजिक कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? यी हुन् एकै दिनमा पुग्न सकिने पर्यटकीय स्थल

काठमाडौँ– हप्ताभरीको थकान भुलाउनको लागि एक दिन पारिवारिक घुमघाम गर्ने र रमाइलो गर्ने मन कसको पो नहोला ? त्यसको लागि परिवारको सबै सदस्यको स्कूल, कलेज र कार्यालयमा पनि छुट्टी हुनुपर्‍यो । आर्थिक जोहो त फरक कुरा भइहाल्यो ।

तर पछिल्लो समयमा मनसुन सक्रियता कारण बाढी पहिरो र जोखिम पनि उस्तै छ । यस्तो अवस्थामा तपाईं घुम्न जान चाहानु हुन्छ ? यदि यसो भने तपाईंको लागि उपत्यकाभित्र कै नजिकका गन्तव्य बेस्ट हुन्छ ।

आउनुहोस् तपाईँलाई आज यसको बारेमा हामी जानकारी दिने छौँ । जहाँ बिहान सबेरै उठेर घरधन्दा सकेर पुगेर फर्कन मात्रै होइन, परिवारसँग भरपुर रमाइलो गरेर पनि भ्याउनुहुन्छ ।

सुन्दरीजल

काठमाडौँबाट करिब १७ किलोमिटर पूर्वमा रहेको सुन्दरीजलमा पानी, वनजंगल तथा चराचुरुङ्गीको समिश्रणले आनन्दित बनाउँछ । चाबहिलमा पुगे पनि तपाईंले सुन्दरीजल जानको लागि जति पनि सवारी साधन पाउन सक्नुहुन्छ ।

सुन्दरीजलको बसपार्क पुगेपछि केही समयको पैदल यात्रापछि पानीको कलकल, चराचुरुङ्गीको चिरबिर लगायतको सङ्गीतसँगै झरना देख्न सक्नुसुन्छ ।

यसले तपाईंको मनलाई लोभित मात्रै नभई आनन्दित पनि बनाउँछ । सुन्दरीजलको अवलोकनपछि केही बेर साथीहरुसँग बसी रमाइलो गरी फर्कन सक्नुहुन्छ ।

गोदावरी

एक दिनको घुमघामको लागि ललितपुरको गोदावरी पनि तपाईँको लागि उपयुक्त स्थान हुन सक्छ । यो पारिवारिक मात्रै नभई प्रेम जोडीको लागि पनि उपयुक्त स्थान बन्दै आएको छ ।

सार्वजनिक विदाको दिन यहाँ माया प्रेम साट्नेहरुको भीड लाग्ने गर्छ । वनजंगल तथा विभिन्न प्रजातिका फूलले तपाईंको मनलाई आनन्द दिन्छ । 

गोदावरीस्थित बोटानिकल गार्डेन छ । जुन आजभोली निकै नै आकर्षक गन्तव्य बन्दै आएको छ । तपाईंले यहाँ भरपुर रुपमा रमाइलो गर्न सक्नुहुन्छ ।

कुलेखानी

एकदिन घुमघामको लागि तपाईंको लागि कुलेखानी पनि राम्रो विकल्प हुन सक्छ । मकवानपुरमा पर्ने कुलेखानी काठमाडौँबाट फर्पिङ हुँदै ४५ किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

आदिवासी समुदायको बासस्थान रहेको यो स्थानमा धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व रहेको छ । यहाँ विद्युत उत्पादन गर्नको लागि पानी भरिएको छ ।

तपाईँहरुले कुलेखानीमा डुङ्गा सयर गरी रमाउन सक्नुहुन्छ । यसका साथै यहाँ पाइने माछाको परिकारकाले तपाईंलाई थप आकर्षित गर्छ ।

नगरकोट

काठमाडौँबाट करिब ३५ किलोमिटर पूर्वमा रहेको नगरकोटले तपाईँलाई फ्रेस बनाउँछ । सार्वजनिक विदाको दिन प्रेमिल जोडीसँगै साथीभाइको रमाइलो गर्नको लागि यो उपयुक्त विकल्प हो ।

यहाँ बसेर तपाईँहरुले ड्राई पिकनिक पनि गर्न सक्नुहुन्छ । नगरकोटको डाँडाबाट तपाईँले काठमाडौँ उपत्यकालाई एकै पटक नियाल्न सक्नुहुन्छ । यहाँ रहेको वनजंगल, टावरसँगै विभिन्न हिमालहरुलाई नजिकैबाट नियाल्न सक्नुहुन्छ ।

धुलिखेल

काठमाडौँबाट नजिकको घुम्ने ठाउँको रुपमा धुलिखेल पनि पर्छ । धुलिखेल काठमाडौँबाट करिब ३१ किलोमिटरको दुरीमा पर्छ ।

यहाँ नमोबुद्ध, जिपलाइन र हजार सिँढी जस्ता पर्यटकीय गन्तव्यहरु रहेका छन् । डाँडामा बसेर तपाईंहरुले लाङटाङ हिमाल, ल्होत्से, गणेश लगायतको हिमालहरु देख्न सक्नुहुन्छ । यो प्रेम जोडीको लागि मात्रै नभई पारिवारिक घुमघामको लागि पनि राम्रो गन्तव्य हो ।

 ककनी

काठमाडौँबाट नजिकको अर्को गन्तव्यमध्ये ककनी पनि एक हो । यो नुवाकोट जिल्लामा पर्छ ।

काठमाडौँबाट करिब २२ किलोमिटर दुरीमा पर्ने ककनी प्राकृतिक रुपमा मनोरम हुनुका साथै अन्नपूर्ण, मनास्लु, गौरीशंकर, जुगल र गणेशलगायतको हिमालहरु नजिकबाट देख्न सकिन्छ ।

यहाँ पाइने ट्राउट माछा, भ्यूटावर र स्ट्रबेरी खेतीले पर्यटकको ध्यान तानेको छ । यहाँ पारिवारिक घुमघाम गरी एकैदिनमा फर्कन भ्याउनुहुन्छ । साथै यहाँ तपाईं बस्नको लागि आकर्षक होटलहरु पनि पाउनुहुन्छ ।

चित्लाङ

काठमाडौँबाट चित्लाङ नजिक छ । मकवानपुरमा रहेको चित्लाङ काठमाडौँबाट २९ किलोमिटर टाढा रहेको छ ।

यहाँ तपाईंले साहसिक खेल पाराग्लाइडिङ पनि गर्न सक्नुहुन्छ । चन्द्रागिरीको जंगलबाट पाराग्लाडिङ गर्नै चित्लाङमा पुग्न सकिन्छ । यहाँ बस्नको लागि विभिन्न होटलहरु पनि सञ्चालनमा रहेका छन् ।

चिसापानी

चिसापानी तपाईँको लागि हाइकिङको लागि राम्रो गन्तव्य हुन सक्छ । तामाङ समुदायको बाक्लो बस्ती रहेको चिसापानीमा वनजंगल हेर्दै अवलोकन गर्न सक्नुहुन्छ ।

यो नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँको संगम स्थल हो । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्तीको बाटो हुँदै चिसापानीको डाँडामा पुग्न सक्नुहुन्छ ।

यहाँबाट तपाईँले लाङटाङ हिमाल, गौरीशंकरलगायत हिमालेको दृश्यावलोकन गर्न सक्नुहुन्छ । यहाँ बस्नको लागि विभिन्न होटल पनि सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?