काठमाडौँ – राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट हिन्दी चलचित्रको उपाधि ‘गुलमोहर’ ले प्राप्त गरेको छ । अभिनेत्री शर्मिला टैगोरको अवार्ड जितेकोमा खुसी व्यक्त गरेकी छिन् ।
मनोज बाजपेयी र शर्मिला टैगोरको फिल्म गुलमोहरले राष्ट्रिय अवार्ड जितेको हाे । गुलमोहरले सर्वोत्कृष्ट हिन्दी चलचित्रको उपाधि पाएको छ । फिल्मकी मुख्य अभिनेत्री शर्मिला टैगोरले आफ्नो फिल्मले अवार्ड पाएकोमा खुशी व्यक्त गरेकी छन् ।
शर्मिला टैगोरले भनिन्– यो खबर सुनेपछि मेरो खुशीको सीमा रहेन । म धेरै खुसी छु। राहुल एकदमै अद्भुत निर्देशक हुन्, यो उनको पहिलो फिल्म हो र म उनको लागि धेरै खुसी छु र मेरो लागि पनि धेरै खुसी छु। यो मेरो लागि आजको सबैभन्दा राम्रो समाचार हो। म अहिले पनि फिल्मको टिमसँग सम्पर्कमा छु । हामीले दिल्लीमा फिल्मको छायाँकन गरेका थियौं र सुटिङका क्रममा सबैले एकअर्काको धेरै ख्याल गरे।
के हो गुलमोहरको कथा ?
गुलमोहरको कथाको बारेमा कुरा गर्दा, यसले बत्रा परिवारको कथा देखाउँछ जुन बहु-पुस्ताको संयुक्त परिवार हो। यो परिवारले आफ्नो ३४ वर्ष पुरानो गुलमोहर नामको घर भत्काएर अग्लो भवनमा निर्माण गर्न लागेको हो । यस्तो अवस्थामा बत्रा परिवार घर छोड्न तयार छन् ।
फिल्मको स्टार कास्ट
सन् २०२३ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको फिल्म ‘गुलमोहर’लाई राहुल वी चितैलाले निर्देशन गरेका थिए। फिल्ममा मनोज बाजपेयी र शर्मिला टैगोर मुख्य भूमिकामा थिए । यसका अलावा अमोल पालेकर, सुरज शर्मा, कावेरी सेठ र उत्सवी झा पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् ।
४४ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ
यसपटकको राष्ट्रिय चलचित्र अवार्डमा कुल ४४ विधामा अवार्ड प्रदान गरिएको छ । जसमा २७ फिचर फिल्म, १५ गैर फीचर फिल्म र २ उत्कृष्ट लेखन सिनेमा विधामा पर्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया