मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानमा पनि देखियो मंकीपक्स

काठमाडौँ – पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मंकीपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन् ।

सङ्क्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लाग्ने र व्यक्तिको नमूनासमेत लिने काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार मंकीपक्स बारे एक चेतावनी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो । यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् ।

यसअघि अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।

अफ्रिकाका केही भागहरूमा फैलिएको मंकीपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा उल्लेख गरेको छ ।

मंकीपक्स एक संक्रामक रोग हो, जसले अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीको ज्यान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?