मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

दक्षिण भारतीय ‘सुपरस्टार’ अल्लु अर्जुन: करोडौँको सम्पत्ति, विलासी जीवनशैली

काठमाडौँ– दक्षिण भारतीय फिल्मका अभिनेता अल्लु अर्जुनलाई नचिन्ने व्यक्ति कमै होला । उनी भारतीय सिनेमाप्रति रुचि हुने अधिकांश व्यक्तिसँग चिरपरिचित मात्रै होइन, लोकप्रिय पनि छन् । दक्षिण भारतीय फिल्मका दर्शकले उनलाई रुचाउँछन् ।

पहिले तेलुगु भाषा बुझ्ने दर्शकबीच लोकप्रिय अभिनेता अल्लु अर्जुन पछिल्लो समय भने बलिउडमा पनि लोकप्रिय छन् । नेपालमा पनि लाखौँ फ्यान कमाएका अल्लु अर्जुन दक्षिण भारतीयका महङ्गा अभिनेतामध्ये एक हुन् ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘पुष्पा’ ले लोकप्रियताको शिखर चुम्यो । फिल्मले अल्लुलाई पनि निकै लोकप्रियता दिलायो । यसको दोस्रो भागको दर्शकले लामो समयदेखि प्रतीक्षा गरेका छन् ।

भारतको तमिलनाडु राज्यको चेन्नई शहरमा सन् १९८३ अप्रिल ८ मा जन्मिएका अल्लु अर्जुनलाई ‘स्टाइलिस स्टार’ को उपनाम पनि दिइएको छ ।

उनी दक्षिण भारतीय फिल्मका निर्देशक अल्लु अरविदका छोरा हुन् । अरविदले धेरै फिल्मको निर्माण समेत गरेका छन् । उनकी आमा निर्मला एक असल गृहिणीको रुपमा रहेकी छिन् ।

परिवारका तीन सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् । उनको परिवारमा तमिल फिल्मबारे निकै परिचित थिए । अर्जुन र उनको बुबा मात्रै नभई हजुर बुबा अल्लु रामलिंगैया पनि यस क्षेत्रमा चिरपरिचित नाम हो ।

जसले तमिल फिल्ममा कमेडी कलाकारको भूमिकाको रुपमा काम गरेका थिए ।

यसका साथै उनका शिरीष र अल्लु वेंकटेश दुई भाइ रहेका छन् । अभिनेता अल्लु अर्जुनलाई केही व्यक्तिले ‘बनी’ भनेर पनि बोलाउने गर्छन् । किनकि यो उनको निक नेम हो ।

अल्लु अर्जुन केही बुझ्ने भइसकेपछि उनलाई उच्च शिक्षाका लागि चेन्नईको सेन्ट पैट्रिक स्कूलमा भर्ना गराइदिएका थिए । सोही विद्यालयबाट उनले आफ्नो प्रारम्भिक शिक्षा पूरा गरे । थप उच्च शिक्षाका लागि उनी हैदरबादाको एमएसआर कलेजमा भर्ना गरे ।

उनी सो कलेजमा अध्ययन गर्दै मार्सल आर्ट र जिम्यास्टिकको प्रशिक्षण पनि लिँदै आएका थिए ।

बालकलाकार हुँदै फिल्ममा जमेका अल्लु

अभिनेता अल्लु अर्जुनलाई सानै उमेरदेखि नै अभिनयमा रुचि थियो । त्यसैले पनि उनले सानै उमेरमा पनि कलाकार हुने मौका पाए । उनले फिल्म ‘विजेता’ मा बालकलाकारको रुपमा भूमिका निभाएका थिए । उनको सो भूमिकालाई धेरै दर्शकले मन पराएका थिए । केही वर्षमै उनले फिल्म ‘ड्याडी’ मा नर्तकको रुपमा भूमिका निभाएका थिए ।

यसै गरी उनी ‘गङ्गोत्री’ फिल्ममा मूख्य भूमिकामा देखिए ।

एक पछि अर्कोमा सफल हुँदै आएका अभिनेता अल्लु अर्जुन सुकुमारको पहिलो फिल्म ‘आर्या’ मा देखिएका थिए । यो फिल्म सन् २००४ मा रिलिज भएको थियो ।

शानदार अभिनय गरेका अल्लु अर्जुनलाई दर्शकले निकै नै रुचाएका थिए । यो फिल्म बक्स अफिसमा हिट पनि भएको थियो । सोही फिल्मबाट उनले साउथ इन्डियन फिल्ममा प्रसिद्धि कमाए । त्यसपछि उनको फिल्मको दर्शकलाई पर्खाइ हुन थाल्यो ।

धेरै साउथ इन्डियन फिल्ममा मुख्य भूमिका निभाएका अभिनेता अर्जुनको फिल्म ‘आर्या’ सँगै सन् २०१० मा रिलिज भएको ‘वेदम्’, सन् २०१५ मा रिलिज भएको फिल्म ‘रुद्रमादेवी’, ‘जुलिया’, ‘सन अफ सत्यमूर्ति’ र ‘पुष्पा’ लगायत चर्चित रहेका छन् ।

जोसँग प्रेम गरे, उनैसँग बिहे

दक्षिण भारतीय फिल्ममा करोडौँ फ्यान भए पनि उनको जीवनमा कुनै पनि केटीको नाम जोडिएको छैन । उनको जीवनमा एक जना केटीको नाम मात्रै जोडिएको छ,  त्यो हो उनकी धर्मपत्नी स्नेहा रेड्डी ।

यी दुईको भेट अर्जुनकै साथीको विवाहका क्रममा भएको थियो । भेटपछि उनीहरुले एक अर्काको सम्पर्क नम्बर आदानप्रदान गरेका थिए । फोनबाट शुरु भएको कुराकानी भेटघाट हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो ।

दुवैले आफ्नो परिवारमा प्रेम सम्बन्धका बारेमा जानकारी गराएपछि सन् २०११ मा उनीहरुको विवाह भएको हो । हाल उनीहरुका एक छोरा र एक छोरी छन् ।

करोडौँका मालिक हुन् अल्लु

अभिनेता अल्लु अर्जुन करीब ४६० करोड भारतीय रुपैयाँका मालिक हुन् । उनले वर्षमा करीब ३२ करोड भारु कमाउने विभिन्न रिपोर्टहरूले देखाएका छन् । उनको मासिक कमाइ तीन करोड भारु रहेको बताइन्छ ।

उनको हैदरावादको जुबली हिल्समा निकै सुन्दर घर छ । यसको भित्री भाग धेरै सुन्दर ढंगले बनाइएको छ । आठ हजार स्क्वायर फिटमा बनेको यो विलासी घरमा निजी पोखरी पनि छ ।

अल्लु अर्जुनको बंगला भित्र र बाहिरबाट निकै आलिशान देखिन्छ, जसको मूल्य सय करोड भारु रहेको छ । हैदराबादको यो घर बाहेक अर्जुनसँग मुम्बईमा दुई बीएचके अपार्टमेन्ट पनि छ, जुन उनले २०१५ मा किनेका थिए ।छ, जुन उनले २०१५ मा किनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?