काठमाडौँ– शुक्रबारदेखि नेपाली फिल्म ‘बुलाकी’ पुनः रिलिज भएको छ । लक्ष्मण सुनारको निर्देशन र टोपेन्द्र विष्टको निर्माणमा रहेको सो फिल्म पुन आजदेखि प्रदर्शनीमा आएको हो ।
सो फिल्म गत वर्ष नै प्रदर्शनीमा आएको थियो । तर एकै दिन मुलुकभित्रका धेरै हलमा रिलिज भइ पनि पर्याप्त दर्शक नपाएको भन्दै निर्माता टोलीले दोस्रो दिन नै हलबाट उतारेको थियो ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्काको मुख्य भूमिका रहेको छ । फिल्मले कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई देखाएको छ ।
टिमले फिल्मको प्रचारको लागि विभिन्न स्थानमा गएर नाटक प्रदर्शनीसमेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया