काठमाडौँ – अभिनेत्री नीता ढुंगाना तथा अभिनेता हरिहर अधिकारीको फिल्म ‘ह्रस्व–दीर्घ’को प्रदर्शन स्थगित भएको छ ।
यही असोज ३ गतेदेखि हुने भनिएको प्रदर्शन स्थगित गरिएको हो । शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै निर्माण पक्षले यसको जानकारी गराएको छ ।
‘फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनी केही समय माग भई आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौँ, सूचनामा भनिएको छ ।
वितरण कम्पनीहरूसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले नयाँ मिति यथाशीघ्र तय गरिने समेत निर्माण पक्षले जनाएको छ ।
फिल्मको हालै सार्वजनिक गीत ‘उठेर नाचिस्यो‘’ लोकप्रिय भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया