मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उज्जल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।

‘निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ उनले भने ।

बौदिकाली गाउँपालिका-२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन ।

निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए ।

अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?