मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्यास्ट्रिकका बिरामीले के खाने, के नखाने ? 

हामी नेपालीहरूको साझा रोग हो ग्यास्ट्रिक । गाउँ होस् या सहर हरेके क्षेत्रका मानिसहरूमा यो समस्या देखिन्छ नै । खानपान गर्ने समय तालिका र तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । 

यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने लगायतका समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियम लगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरूले खान नहुने खानेकुराहरू

ग्यास्ट्रिक भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु¥याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्रिकलाई बढाउने काम गर्छ । 

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।

यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । ग्यास्ट्रिकबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्रिकको असरलाई बढाउने काम गर्छ ।

अझ दूध चिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्रिकलाई झन् बिगार्ने काम गर्छ । ग्यास्ट्रिकको समस्यापछि मसलादार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । 

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्रिकको समस्या बढाउने गर्छ ।

यसकारण ग्यास्ट्रिक बाट जोगिन प्रशस्त पानी पिउने,लसुन पानीको प्रयोग गर्ने,खाना समयमा खाने,कागती पानीको प्रयोग गर्ने,कार्बोहाइड्रेट कम खाने गर्नुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?