काठमाडौँ – परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।
लम्साल २०८० मङ्सिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया