मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो हो कपालमा तेल लगाउने सही तरिका

स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरक–फरक तेल आवश्यक पर्न सक्छ । 

महत्त्वपूर्ण कुरा त के छ भने सही तरिकाले तेल लगाइन भने कपाल झर्ने समस्या समेत हुनसक्छ । त्यसो भए कसरी लगाउने त तेल ?

– कपालमा तेल लगाउन पहिले तेललाई हल्का तताउनुहोस्। त्यसपछि कपास वा औँलाको मद्दतले स्क्याल्पदेखि कपालको छेउसम्म तेल लगाउनुहोस् र हातले टाउकोको मसाज गर्नुहोस्। यसपछि, हल्का स्कार्फले कपाल छोप्नुहोस् र बाँध्नुहोस्। आधा घण्टापछि कपाल धुनुहोस्।

– विज्ञापन हेरेर तेल कहिल्यै नकिन्नुहोस्। यदि तपाईँ आफ्नो कपालमा रासायनिक तेलको सट्टा प्राकृतिक तेल प्रयोग गर्नुहुन्छ भने, यो धेरै फाइदा हुनेछ।

– कपालमा तेल लामो समयसम्म नराख्नुहोस् । यसो गर्नाले धुलोका कण कपालमा टाँसिन्छ, जसका कारण कपाल कमजोर हुन थाल्छ । 

– मानिसहरू प्रायः तेल लगाएपछि टाइट ब्रेड बनाउँछन्, जबकि यो गर्नु हुँदैन। यसो गर्नाले कपालमा असर पुग्छ र कपाल झर्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?