मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं – आज २०८१ साल साउन ३२ गते शुक्रबार सन् २०२४ अगष्ट १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ। अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?