मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र विकास बोर्डको अध्यक्षमा छ जनाको आवेदन

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेको सङ्ख्या ६ पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको १५ दिनको समयमा ६ जनाले आवेदन दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार अध्यक्षका लागि फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुनकुमार डङ्गोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन्।

यीमध्ये डङ्गोल, भट्टराई र पाण्डे बस्नेतले भने बुधवारमात्रै आवेदन दिएका हुन् । यसमा पनि मुख्य भिडन्त भने डीसी र मानन्धरबीच हुने आङ्कलन गरिएको छ । 

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको हुँदा एमाले निकटले नै नियुक्ति पाउने पक्का रहेको छ । त्यसाे त आवेदन दिएका सबै एमाले निकट कलाकार हुन् । 

यसअघि सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?