काठमाडौँ – अब आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड किन्न पाइने भएको छ। सुन्दा अचम्म लागेपनि रेप्लिका नामक च्याटबट प्रोग्राममार्फत् यो सुविधा पाईने भएको हो ।
यसका लागि वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ भने ग्राहक बन्नका लागि ६९.९९ डलर मूल्य तोकिएको छ । ग्राहकहरुले यो मूल्य तिरेपछि एआईका अवतारसँग साथी, थेरापिस्ट वा रोमाञ्चकारी अन्तरंग मित्रका रुपमा अन्तरक्रिया गर्न सक्दछन्।
रेप्लिका सन २०१७ मा सार्वजनिक गरिएको एउटा एआई च्याटबट हो। रेप्लिकाकी सीईओ युजेनिया क्युएदाले अन्तर्राष्ट्रिय समाचार संस्था द भर्जलाई बताइ अनुसार सो प्लेटफर्ममा १८ वर्षकाले पनि एकाउन्ट बनाउन सक्ने छन् ।
रेप्लिकाले उक्त एआई गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्ड ग्राहकको रुची अनुसार टेक्स्ट, आवाज, भिडियो वा भर्चुअल रियालिटी जुनसुकै रुपमा पनि उपलब्ध गराउने बिजनेसइन्साइडरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया