मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ – गए रातिदेखिको वर्षाका कारण खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ। 

नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?