सिन्धुली – पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरल वर्षासँगै आएको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण लोकमार्गको सिन्धुली खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको हो।
बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।
सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुबाट राजधानी काठमाडौँ हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया