मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायल विरुद्ध प्रदर्शन गर्न अनुमति दिने अमेरिकन युनिभर्सिटीका अध्यक्षले दिइन राजीनामा

काठमाडौँ – कोलम्बिया युनिभर्सिटीका अध्यक्ष मिनोचे शफिकले बुधबार आफ्नो राजीनामाको घोषणा गरेकी छिन् । 

इजरायल–हमास द्वन्द्वको प्रतिक्रियामा उनले क्याम्पसमा विरोध प्रदर्शनलाई कसरी सम्हालिन् भनेर आलोचनाको सामना गर्नु परेको महिनौँ पछि यो घोषणा आएको हो।

 विद्यार्थी र संकाय सदस्यहरूलाई पठाएको इमेलमा शफिकले लेखेकी छिन, ‘म तपाईँलाई यो बताउनको लागि दुःखका साथ लेख्छु कि म अगस्ट १४, २०२४ देखि लागू हुने गरी कोलम्बिया विश्वविद्यालयको अध्यक्ष पदबाट राजीनामा दिँदै छु। यो अविश्वसनीय संस्थाको नेतृत्व गर्ने सम्मान र विशेषाधिकार मैले पाएको छु। मलाई विश्वास छ, यो बिचमा सँगै काम गरेर हामीले धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा प्रगति गरेका छौँ, यद्यपि यो उथलपुथलको अवधि पनि हो, जहाँ हाम्रो समुदायमा फरक विचारहरू हटाउन गाह्रो भएको छ ।’

इजरायलले गाजामाथी गरेको हमलाको विरोध गर्न विद्यार्थीलाई अनुमति दिएको आरोपमा उनलाई सोधपुछ गरिएको थियो । 

उनको विश्वविद्यालयबाट १०० जना भन्दा बढी बिधार्थी पक्राउ परे पछि सो प्रदर्शन विवादमा तानिएको थियो । सो प्रदर्शन पछि अमेरिका र क्यानडाका विभिन्न विश्वविद्यालयमा विद्यार्थीले प्रदर्शन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?