मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खानाको बीचमा धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

काठमाडौँ – तपाईं खाना बिना बाँच्न सक्नुहुन्छ तर तपाईं पानी बिना बाँच्न सक्नुहुन्न। मानिसले आफ्नो आहारमा यस्ता चीजहरू समावेश गर्नुपर्छ जसले खाना खाएपछि पेट भरिएको महसुस गराउँछ।

कतिपयले खानाको बीचमा पानी पिउनाले स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको बताउँछन् । यसले पाचन प्रक्रियामा निकै नराम्रो असर गर्छ । धेरैले खानाको बीचमा पानी पिउँदा शरीरमा फोहोर जम्मा हुने गरेको बताउँछन् ।

खानाको बीचमा धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो होइन । यसको सेवनले पाचन क्रियामा नराम्रो असर गर्छ ।

खाना खाँदा पानी पिउँदा शरीरमा नकारात्मक असर पर्छ । खाना खाँदा पानी पिउँदा पाचन प्रक्रियामा धेरै असर पर्ने विश्वास गरिन्छ ।

खाना खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्छ । यसबाट पेटमा पाइने एसिडले खानालाई तोड्न मद्दत गर्छ । खानासँगै पानी पिउनाले पेटमा रहेको एसिडलाई पातलो बनाउँछ ।

खाना खाँदा पानी पिउनाले पेटमा हुने एसिड र इन्जाइम कम गर्न मद्दत गर्छ । यसले पेटमा नराम्रो असर गर्छ ।

खाना खाँदा पानी पिउँदा एसिडिटीको समस्या हुन्छ । यद्यपी यसबारे ठोस जानकारी भने पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?