मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशको तख्तापलटमा आफ्नो भूमिका नरहेको  अमेरिकाको प्रष्टोक्ती

काठमाडौँ –  अमेरिकाले बङ्गलादेशको तख्तापलटमा आफ्नो कुनै हात नरहेको पुनः प्रस्टीकरण दिएको छ । 

ह्वाइट हाउस पछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको दाबी गरेको हो ।

‘यो हास्यास्पद छ,’ प्रमुख उप प्रवक्ता वेदान्त पटेलले मंगलबार वाशिंगटनमा नियमित ब्रीफिंगमा पत्रकारहरूलाई भने। उनले शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको भन्ने कुनै पनि निहितार्थ बिलकुलै गलत भएको बताए ।

‘हामीले भर्खरका हप्ताहरूमा धेरै गलत जानकारी देख्यौँ,’ पटेलले भने। उनले डिजिटल इकोसिस्टममा विशेष गरी दक्षिण एसियाका आफ्ना साझेदारहरूसँग सूचनाको अखण्डतालाई सुदृढ गर्न अविश्वसनीय रूपमा प्रतिबद्ध रहेको बताए।

यसअघि ह्वाइट हाउसले शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पतनमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै यो गलत हो भनी जोड दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?