मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । मुख्य करिडोर एक सातादेखि बन्द थियो ।

सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए ।

पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन एक महिना अघिदेखि नै बन्द भएका थिए ।

करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यातायातका साधन पनि बन्द भएको उनले बताए । करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकावासी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?