मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसकारण खाना खाने बित्तिकै सुत्ने भुल कहिल्यै नगर्नुहोस्

खाना खानसाथ सुत्न खोज्ने हामी प्राय सबैको बानी । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा पनि लाग्छ । तर खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् ।

दिउँसोको खाजा र बेलुकीको खाना खाएपछि केही मिनेट हिँड्नु पर्छ भन्ने प्रायः सुनिन्छ । यसो गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

तपाईँ खाना वा खाजा खाएपछि हिँड्नुहुन्छ ? यदि हिँड्नु हुन्छ भने यो राम्रो बानी हो । यो बानीले तपाईँलाई पछिसम्म स्वस्थ र तन्दुरुस्त रहन मद्दत गर्छ । 

खाना खाएपछि १० मिनेट मात्रै हिँडडुल गर्ने हो भने पनि धेरै गम्भीर रोगको जोखिम कम हुन्छ र कयौँ स्वास्थ्य समस्याबाट राहत मिल्छ भनेर कयौँ अनुसन्धानले देखाएका छन् ।

खाना खाएपछि केही बेर हिँड्दा मात्रै पनि पाचन प्रक्रियालाई सुधार्न मद्दत मिल्छ । यसो गर्नाले हाम्रो पेटका मांसपेशीहरू सक्रिय हुन्छन् र यसले पाचन इन्जाइमहरूको गतिविधिलाई बढवा दिन्छ । यसो गर्दा खाना छिटै र राम्रोसँग पच्छ । यसले अपच र कब्जियतको खतरालाई हटाउन सक्छ ।

कब्जियतबाट बच्न चाहनेले खाना खाइसकेपछि हिड्डुल गर्न निकै जरुरी हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार खाना खाएपछि हिँड्दा ग्लुकोजको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ ।

खाना खाने बित्तिकै हिँड्दा इन्सुलिन संवेदनशीलतामा सुधार आउन सक्छ र रगतमा चिनीको मात्रामा अचानक हुने वृद्धिलाई कम गर्न मद्दत गर्छ भनेर धेरै अनुसन्धानहरूले देखाएका पनि छन् ।

खाना खाइसकेपछि हिँड्नु शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि ठूलो फाइदा हुन्छ । हिँड्दा तनाव र चिन्ता कम हुन्छ । यसले मानसिक शान्ति र सन्तुलन बढाउँछ । खाना खाएपछि हिँड्दा मुटुको धड्कन बढ्छ, जसले मुटुको मांसपेशीलाई बलियो बनाउँछ ।

यसले मुटुको स्वास्थ्यमा सुधार गर्छ र हृदयसम्बन्धी रोगको जोखिम कम गर्छ । खाना खाएपछि हिँड्दा शरीरमा ऊर्जाको मात्रा बढ्छ । यसो गर्दा दिनभर ऊर्जावान महसुस हुन्छ । बेलुकाको खानापछि हिँड्दा निन्द्राको गुणस्तरमा सुधार आउँछ भने राति राम्रो निन्द्रा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?