चितवन – मुग्लिन-मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
गएरातिको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका-३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो।
मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया