मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता राजपाल यादवको करोडौँको सम्पत्ति जफत

काठमाडौँ – बलिउड अभिनेता राजपाल यादवको करोडौँको सम्पत्ति जफत भएको छ । 

सेन्ट्रल बैङ्क अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट लिएको ५ करोड रुपैयाँ ऋण तिर्न नसके पछि बैङ्कले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौँको सम्पत्ति जफत गरेको हो।

यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ । यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् । जसका लागि लिएको ऋण तिर्न नसक्दा उनले जेलको यात्रा समेत गर्नु परेको थियो । 

मिडिया रिपोर्टका अनुसार मुम्बईबाट सेन्ट्रल बैङ्क अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । 

यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैङ्क मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन। 

सोमबार बिहान सेन्ट्रल बैङ्क अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?