मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी खानेकुराहरूको सेवन गर्नुहोस्, बढाउँछ स्मरणशक्ति

पछिल्लो समय युवाहरूलाई युवावस्थामै बिर्सने,भुल्ने समस्याले ग्रसित भएका हुन्छन् । उमेर ढल्कँदै गएपछि, पाको उमेरमा भुल्ने बिर्सने समस्या हुनु स्वाभाविकै हो तर युवावस्थामै यस्तो समस्या देखिनु भनेको निकै संवेदनशील विषय हो । 

एक व्यक्ति शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन अत्यन्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैँले राखेको वस्तु बिर्सेर हैरान बन्छौँ । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ ।

स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठिक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ ।

स्मरण शक्ति बढाउन यस्ता खानेकुराहरूको सेवन गर्नुहोस् । 

गाईको घिउ

गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुई गुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । 

ओखर

मस्तिष्क आकारको ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्यधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओखर खानाले मस्तिष्क तेजिलो हुन्छ । यस्तै नियमित ओखर खानाले डिप्रेसनको खतरा कम भएर जानुका साथै एकोहोरो हुने समस्या पनि कम हुन्छ ।  नियमित ओखर खाने व्यक्तिहरूमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने समेत पाइएको छ 

बदाम

आलमण्ड अर्थात् बदाम सानो भए पनि यो फल बहुगुणकारी छ । बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न पाउँदैन । यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ । छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्त्वहरूले स्मरण क्षमता बढाउन मद्दत गर्छ । बदाममा अन्य धेरै पोषक तत्त्व पनि हुन्छन् । नियमित रूपमा बिहान उठेर अघिल्लो दिन रातभर पानीमा भिजाएको १० वटा बदाम खाँदा दिमाग तेज हुन्छ ।

अनार

स्मरणशक्ति बढाउने तरिकाहरू मध्ये एउटा हो, फलफूलहरूको सेवन । जसमा पनि अनारलाई निकै फलदायी मानिन्छ । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।

अमला

स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ । अमलाले स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक पर्ने तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ । बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरीघरी रिस उठ्ने समस्या समेत यसले कम गराउन मद्दत गर्छ । यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

माछा

मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फ्याटी एसिडको आवश्यकता पर्छ । माछामा ओमेगा ३ फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।

गोलभेँडा

दैनिक रूपमा हाम्रो भान्सामा प्रयोग हुने गोलभेँडा स्वास्थ्यका लागि निकै लाभदायक छ । गोलभेँडामा भरपुर एन्टीअक्सिडेन्ट तथा लाइकोपिन पाइन्छ जसले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पुर्‍याउँछ । दैनिक गोलभेँडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । गोलभेँडालाई जुनसुकै तरिका तरकारी, सलाद तथा अचारको रूपमा प्रयोग गरेर खान सकिन्छ ।

कफी

सही तरिकाले ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । कफीको दैनिक सेवनले आलस्यता टाढा भाग्नुका साथै मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्छ । ब्ल्याक कफीमा क्यालोरीको मात्रा धेरै कम हुन्छ र यसमा क्याल्सियम र पोटासियम जस्ता पोषक तत्त्व पाइन्छ । बिहानको कफी सेवनले स्मरणशक्ति तेज र मस्तिष्कको क्षमता बढाउँछ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फुर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

ग्रीन टी

एन्टीअक्सिडेन्ट तत्वले भरपुर ग्रीन टीले स्मरणशक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्त्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउन निकै मद्दत गर्छ ।

मह

मह हाम्रो शरीरको लागि बहु उपयोगी खाद्यवस्तु हो । महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जीवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्त्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । 

गाईको घिउ

गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुई गुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?