मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो अवस्थामा दहीको सेवन हुनसक्छ हानिकारक 

दही सबैलाई मन पर्ने दुग्धपदार्थ हो । दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शङ्का छैन । दहीले शरीरमा लाग्ने कैयौँ रोगबाट छुट्कारा दिलाउँछ ।

शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांसपेशीमा रहेका हड्डीहरूलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ ।

खासमा दूधको उपयुक्त विकल्प दहीलाई नै मान्ने गरिन्छ । नियमित दही खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ । तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हानी समेत पुर्‍याउने आयुर्वेदका विज्ञहरू बताउँछन् 

यस्तो अवस्थामा दहीको सेवन हानिकारक ?

–दहीलाई रातको समयमा सकेसम्म नखानुहोस् । राति दही खानाले रुघाखोकी तथा घाँटीमा समस्या आउँछ ।

–दहीले रातको समयमा कफलाई बढाउँछ ।

–मासुसँग दही कहिल्यै नखानुस् ।

–अमिलो दही तातो खानासँग कहिल्यै नखानुस् । 

– बिहान, साँझ र बेलुका खाली पेटमा दही खानु हुँदैन । यसले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । साँझ र बेलुका दही नखाने । यसले पेट भारी हुने, रुघाखोकी लाग्ने र फ्लुको समस्या पनि निम्त्याउन सक्छ । साथै बासी दही पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । मधुमेह, रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?