मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा रहेको नेपाली क्रिकेट टिमको प्रशिक्षण शुरु

काठमाडौँ – अभ्यास खेलका लागि भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण शुरु गरेको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण शुरु गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो।

यो टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?