काठमाडौँ– बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो ।
यो फिल्मलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।
दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् ।
फिल्ममा वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया