काठमाडौँ– नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको प्रतितोलामा दुई हजार १०० रुपैयाँले बढेसँगै नयाँ मूल्य कायम गरेको हो ।
मंगलबार सुनको प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँ पुगेको छ। यसअघि गत साउन २१ गते हालसम्मकै सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया