मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृङ्खलामा थारू भाषाका कवितामा महिला हस्ताक्षरको परिचर्चा

काठमाडौँ- ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृङ्खलामा थारू भाषाका कवितामा महिला हस्ताक्षरको परिचर्चा गरिएकाे छ ।

‘हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि शुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको एक सय औँ भाग शताङ्कसम्म आइपुगेको छ ।

यस अवसरमा हालै नेपाल प्रज्ञा-प्रतिष्ठान र थारू लेखक सङ्घ नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको एक सय औँ शृङ्खलाको विमर्श गरिएको थियो ।

‘थारू कवितामा महिला हस्ताक्षर’नामक कार्यपत्र प्रस्तुत गर्दै भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गरिन् । कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताइन् ।

प्रतिष्ठानका कुलपति भूपाल राईले आफ्नो टिमले प्रज्ञा-प्रतिष्ठान सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताए । उनले भने, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रूपले कविहरूको उपस्थिति गराउँदा सङ्ख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’

मातृभाषामै कविता लेख्ने कविहरू नै उम्दा भएको उनको भनाइ थियो । सङ्घीयताको कार्यान्वयनको क्रममा थारू समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उनले भने, ‘मैले पनि टीकापुरबारे लेख र कविता लेखेर थारू समुदायप्रति सद्भाव जताएको छु।’

कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई राईले कदरपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?